काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषणसम्बन्धी सेवाहरूलाई अझ सुधार र स्तरोन्नति गरिने बताएका छन्।

आज उनले जल तथा मौसम विज्ञान विभागको स्थलगत अनुगमन गर्दै विभागको वर्तमान अवस्था र कार्यप्रणालीबारे अवलोकन गरेका थिए। सो अवसरमा विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले मन्त्रालयलाई विभागले गर्दै आएका काम र उपलब्धिबारे जानकारी गराएकी थिइन्।

advertisement

मन्त्री श्रेष्ठले हालको पूर्वानुमान प्रणाली प्रभावकारी रहेको उल्लेख गर्दै त्यसलाई अझ सुदृढ र विश्वसनीय बनाउन आवश्यक पहल गरिनेमा जोड दिएका छन्।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com