काठमाडौं । दरबारमार्गबाट गैडाको खागसहित तीन जना पक्राउ परेका छन्।

बुधबार दरबारमार्गको एक होटलमा बसी गैडाको खाग कारबार भइरहेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ २४ न्यूरोड बस्ने ५० वर्षीय संजयमान सिंह श्रेष्ठ, तनहुँको ऋषिङ गाउँपालिका १ घर भई काठमाडौँको बाँसबारी बस्ने ४५ वर्षीय रामहरि गरी र पाल्पाको माथागढी गाउँपालिका १ का ६० वर्षीय रामेश्वर पन्थी रहेका छन्।

उनीहरूलाई पक्राउ गरी डिभिजन वन कार्यालय काठमाडौँमा पठाइएको नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com