काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संविधान संशोधनको सन्दर्भमा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जिल्ला समन्वय समिति आवश्यक नरहेको उल्लेख गरेका छन्। संविधान संशोधन गर्दा संघ र स्थानीय तह केन्द्रित संरचना पर्याप्त हुने उनको भनाइ छ।

advertisement

बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिले संघीयता खारेजको कुरा गरेको स्मरण गर्दै अहिले संविधान संशोधनको विषयमा स्पष्ट हुनुपर्ने बताएका छन्।

उनले राष्ट्रिय सभालाई १०५ सदस्यीय बनाउनुपर्ने र पूर्ण समावेशी संरचनामा लैजानुपर्ने धारणा राखेका छन्। महिला र पुरुषको प्रतिनिधित्व ५०–५० प्रतिशत हुनुपर्ने तथा उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष हुने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ।

यस्तै, प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनतर्फ महिला–पुरुषको सहभागिता ६०–४० प्रतिशत अनिवार्य बनाउनुपर्ने उनले बताएका छन्।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com