काठमाडौं । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का निवर्तमान अध्यक्ष दुजाङ शेर्पाले राजनीतिक दलहरूले गरेका सबै नियुक्तिलाई बदनाम गर्ने गरी वर्तमान सरकारले गलत भाष्य निर्माण गर्न खोजेको आरोप लगाएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका राजनीतिक नियुक्तिमाथि अविश्वास पैदा गर्न खोजेको टिप्पणी गरे ।

advertisement

‘राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्ति खराब हुन्, उनीहरू पैसाको चलखेल गरेर पदमा पुगेका हुन् भन्ने सन्देश अहिले सुनियोजित रूपमा फैलाइँदैछ,’ शेर्पाले भने ।

उनले विगतका सरकारले गरेका नियुक्तिलाई आर्थिक लेनदेनसँग जोडेर प्रस्तुत गर्न खोजिएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथिसमेत प्रश्न उठाए ।

‘आज प्रधानमन्त्रीको मन्त्रिपरिषद्मा अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले हुनुहुन्छ । उहाँले स्पष्ट पार्नुपर्‍यो— राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त हुँदा कति रकम बुझाउनुभएको थियो ?’ उनले प्रश्न गरे ।

शेर्पाले थपे, ‘त्यतिबेला नेपाली कांग्रेसले उहाँलाई उहाँको विज्ञता र क्षमताका आधारमा विश्वास गरेर जिम्मेवारी दिएको थियो ।’

त्यसैगरी, उनले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारी निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै त्यसको प्रतिवादका लागि विद्यार्थीहरू एकजुट हुनुपर्ने बताए ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com