काठमाडौं। विजय नेतृत्वको तामिलगा वेत्री कड्गम (टिभीके) तामिलनाडु विधानसभा चुनावमा सबैभन्दा ठूलो दल बने पनि स्पष्ट बहुमत नपुग्दा सरकार गठन प्रक्रिया अन्योलमा परेको छ।

२३४ सदस्यीय विधानसभामा सरकार बनाउन ११८ सिट आवश्यक पर्नेमा टिभीकेले १०८ सिट मात्र जितेको छ। कांग्रेस ले समर्थन घोषणा गरे पनि संख्या अझै निर्णायक बनेको छैन।

advertisement

यसैबीच विजयले कार्यवाहक राज्यपाल राजेन्द्र अर्लेकर समक्ष सरकार गठनको दाबी पेश गरेका छन्। तर राज्यपालले अहिलेसम्म सरकार गठनका लागि औपचारिक निम्तो दिएका छैनन्।

राजनीतिक विश्लेषकहरूका अनुसार ‘हङ एसेम्बली’ अर्थात् कुनै दलले स्पष्ट बहुमत नपाएको अवस्थामा राज्यपालले दाबी गर्ने दलसँग पर्याप्त समर्थनको सुनिश्चितता खोज्न सक्छन्। यही कारण विजयलाई तत्काल सरकार गठनको आह्वान नगरिएको अनुमान गरिएको छ।

टिभीकेलाई अहिले वामपन्थी दलहरू र इन्डियन युनियन मुस्लिम लिग को समर्थन मिल्ने संकेत देखिएको छ। यदि यी समर्थन औपचारिक बनेमा टिभीकेको संख्या बहुमत नजिक पुग्न सक्छ।

यद्यपि प्राविधिक रूपमा विजयले जितेका दुई सिटमध्ये एक सिट छोड्नुपर्ने भएकाले पार्टीको प्रभावकारी संख्या घट्नेछ। साथै सभामुख चयनपछि विश्वासको मतमा मतदान गर्न नपाउने अवस्थाले पनि संख्या गणित जटिल बनाएको छ।

कानुनविद्हरूका अनुसार राज्यपालले सबैभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिन सक्ने भए पनि बहुमत परीक्षण अन्ततः विधानसभामै हुनुपर्ने संवैधानिक अभ्यास रहेको छ। त्यसैले राज्यपालले समर्थनको स्पष्ट आधार नदेखेसम्म प्रतीक्षा गरेको हुन सक्ने बताइएको छ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com