काठमाडौं । स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मुल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० र चाँदी १०५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९८ हजार ६०० रुपैयाँ कायम छ ।
बुधबार (वैशाख २३) छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलाको १०५ रुपैयाँले बढेर पाँच हजार १५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया