काठमाडौं । मोहना अन्सारी लाई नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्य बनाइएको विषयलाई लिएर पार्टीभित्र चासो देखिएको छ।

पूर्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा परेकी अन्सारीलाई कांग्रेसले प्रतिष्ठानमा समेटेपछि इतर पक्षले प्रश्न उठाएको हो।

अन्सारीले आफू सुरुदेखि नै लोकतान्त्रिक विचारधारामा रहेको बताउँदै राजनीतिक प्लेटफर्म खोजिरहेको अवस्थामा कांग्रेससँग जोडिएको प्रतिक्रिया दिएकी छन्। उनले रास्वपाले आफ्नो सहमतिबिनै समानुपातिक सूचीमा नाम राखेको दाबी गरिन्।

“मैले राजनीतिक प्लेटफर्म खोजिरहेको थिएँ। मेरो सुरुदेखि नै लोकतान्त्रिक विचारधारा हो,” अन्सारीले भनिन्, “रास्वपाले मलाई नसोधी समानुपातिक सूचीमा राखेको थियो। सामाजिक सञ्जालमा चर्चा भएपछि मैले आफैँ निर्वाचन आयोगमा नाम फिर्ताका लागि पत्र पठाएको हुँ।”

उनले सुरुमै रास्वपाले आफ्नो नाम प्रयोग गरेर राजनीति गरेको आरोपसमेत लगाइन्।

यता, कांग्रेस सभापति गगनकुमार थापाले पार्टी एकताका लागि संवाद अघि बढाइरहेका बेला अन्य दलको समानुपातिक सूचीमा परेका व्यक्तिलाई प्रतिष्ठानमा समेटिएको भन्दै इतर पक्षले असन्तुष्टि जनाएको छ।

कांग्रेस इतर पक्षका एक नेताले अन्सारीको नाम बारबरा फाउन्डेसनसँग पनि जोडिएको उल्लेख गर्दै यस्तो निर्णयले पार्टी एकतामा नकारात्मक असर पार्न सक्ने बताएका छन्।

विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रतिष्ठानले वैशाख २२ गते ३९ सदस्य नियुक्त गरेको थियो।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com