काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिमा असन्तुष्ट व्यक्त गरेका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत संवैंधानिक परिषद्ले भावी प्रधान्यायाधीमा मनोजकुमार शर्माको नाम सिफारिस गरेको प्रति उनले असन्तुष्टि जनाएका हुन् । उनले न्यायपालिका कार्यपालिकाको अधीनमा गयो भने शक्ति सन्तुलन भत्किने टिप्पणी गरेका छन् ।

advertisement

‘विधिको शासनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एक–अर्काका परिपूरक भए पनि स्वतन्त्र र सन्तुलित हुनुपर्छ,’ उनले भनेका छन्, ‘न्यायपालिका कार्यपालिकाको अधीनमा गयो भने शक्ति सन्तुलन भत्किन्छ, न्याय निष्पक्ष रहँदैन, र अहिले सामान्य देखिए पनि कालान्तरमा यसले विकराल रूप लिन सक्छ।’

उनले परम्परा मिचेर भएका सिफारिसका कारण नागरिक अधिकारहरू कमजोर हुने पनि बताएका छन् ।

‘यस्तो अवस्था सिर्जना भएमा प्रजातान्त्रिक मूल्य, मान्यता तथा नागरिक अधिकारहरू गम्भीर रूपमा कमजोर बन्छन्’ उनले भनेका छन् ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com