काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर ११० रुपैयाँ ८९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकका अनुसार आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ । साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने जनाएको छ ।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया