काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका प्रमुख भ्रातृ संस्थाहरूको नेतृत्व चयन गरेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिबाट प्राप्त अधिकारअनुसार थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला तथा नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई नियुक्त गरेका हुन् ।
उनीहरूलाई सम्बन्धित संस्थाको महाधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित नेतृत्व प्रदान गरिएको बताइएको छ ।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया