काठमाडौं। संवैधानिक परिषद्ले चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको विषयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर गरिएको सिफारिस संविधानको आधारभूत मर्मविपरीत रहेको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

advertisement

रिटमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी स्थापित परम्परा र न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप भएको दाबी गरिएको छ ।

त्रिपाठीले न्यायपालिकालाई कार्यपालिकाको प्रभावमा ल्याउने प्रयास भएको उल्लेख गर्दै उक्त सिफारिस बदर गर्न र पहिलो वरीयतामा रहेकालाई प्रधानन्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गरेका छन् ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com