काठमाडौं । गायक तथा निर्माता रामकृष्ण ढकालले आफूविरुद्ध भइरहेको मानहानि र भ्रामक प्रचारप्रसारका विरुद्ध कानुनी प्रक्रिया अघि बढाएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफ्नो व्यक्तिगत जीवन र पेशागत प्रतिष्ठामा गम्भीर क्षति पुग्ने गरी संगठित रूपमा चरित्र हत्या गर्ने प्रयास भइरहेको उल्लेख गरेका छन्।

advertisement

उनका अनुसार पछिल्लो समय विशेषगरी फेसबुकलगायत सामाजिक सञ्जालमा केही व्यक्ति तथा समूहले अपमानजनक टिप्पणी, गालीगलौज, मानहानि तथा धम्कीपूर्ण सामग्री फैलाउँदै आएका छन्। यस्ता गतिविधिले आफ्नो वर्षौँको मेहनतबाट निर्माण भएको सांगीतिक यात्रामाथि नै आघात पुगेको उनले बताएका छन्।

‘अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको अस्तित्वमाथि नै आक्रमण गर्ने कार्य कदापि स्वीकार्य हुँदैन,’ उनले उल्लेख गरेका छन्।

यसै सन्दर्भमा उनले नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरो, भोटाहिटीमा औपचारिक उजुरी दर्ता गरिसकेको जानकारी दिएका छन्। जापानबाट सञ्चालित एक फेसबुक पेजमार्फत निरन्तर प्रहार भइरहेको दाबी गर्दै उनले अन्य फेक आइडीबाट हुने दुर्व्यवहारविरुद्ध पनि प्रमाणसहित उजुरी दिएको बताएका छन्।

रामकृष्ण ढकालले  सामाजिक सञ्जाललाई व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनाउने प्रवृत्तिविरुद्ध आफ्नो कदम सबैका लागि चेतावनी र सन्देश बन्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com