काठमाडौं । संघीय संसद् सचिवालयले कर्मचारी ट्रेड युनियन अब कानुनी रूपमा अस्तित्वमा नरहेको स्पष्ट पारेको छ।

सचिवालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारले जारी गरेको सूचनामा हालै संशोधित कानुनअनुसार ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भइसकेको जानकारी दिइएको हो।

advertisement

सूचनामा उल्लेख छ कि “केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ (अध्यादेश नं. ७) मार्फत संघीय संसद् सचिवालयसम्बन्धी ऐन २०६४ को दफा ७३ संशोधन भएसँगै कर्मचारी युनियनसम्बन्धी व्यवस्था हटाइएको छ।”

उक्त संशोधनपछि पहिले अस्तित्वमा रहेको कर्मचारी युनियन अब औपचारिक रूपमा नरहेको सचिवालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com