काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको छ। शर्मालाई प्रधानन्यायाधीश पदका लागि उपयुक्त नभएको ठान्ने व्यक्तिले समितिमा उजुरी दिन सक्ने व्यवस्था गरिएको हो।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमताको मूल्यांकन गरेपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्ने संवैधानिक प्रावधान रहेको छ।
समितिले प्राप्त उजुरीमाथि आवश्यक छलफल र छानबिन गर्नेछ। त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गरी नियुक्तिबारे अन्तिम निर्णय प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार













प्रतिक्रिया