काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारले उद्योगी–व्यवसायीलाई धरपकड गर्ने कुनै योजना नरहेको स्पष्ट पार्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्र सरकारको साझेदार भएकाले व्यवसायीलाई त्रसित हुने अवस्था नरहेको बताए । “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने, धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन,” उनले भने, “तपाईंहरू हल्लाको पछि नपर्नुस्, तपाईंहरू हाम्रो साझेदार हो ।”

advertisement

उनले सरकारले १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारका पाँच प्राथमिकता पनि सार्वजनिक गरे । उनका अनुसार पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी, चौथो सामाजिक लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत सौम्य शक्ति विस्तार गर्नु हो ।

मुलुक अहिले अर्थतन्त्रको “जहाज मोड्ने” अवस्थामा रहेको उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गरे ।

भारतको आर्थिक प्रगतिलाई उदाहरण दिँदै उनले सन् २०१४/१५ मा नरेन्द्र मोदी सत्ता सम्हाल्दा भारतका केही आर्थिक सूचक नेपालको वर्तमान अवस्थासँग मिल्दोजुल्दो रहेको बताए । “पछिल्लो १२ वर्षमा भारतले ठूलो फड्को मारेको छ, हामी पनि त्यही बाटोमा अघि बढ्ने बेला भएको छ,” उनले भने ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com