काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कैलाली पुगेका छन् । उनी धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटनका लागि कैलाली पुगेका हुन् ।

विशेष महाधिवेशनपछि पहिलो पटक कैलाली आएका सभापति गगनकुमार थापा को स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह गेटा विमानस्थल पुगेका थिए ।

advertisement

उनीसँगै प्रदेश सरकारमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू पनि सभापति थापाको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री छन् ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com