काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल ले समाजका ज्येष्ठ नागरिकको ज्ञान, सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्ने बताएका छन्।
मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले उक्त धारणा व्यक्त गरेका हुन्।
उनले ज्येष्ठ नागरिकलाई समाजको एक विशिष्ट वर्गका रूपमा परिभाषित गर्दै उनीहरूको स्वास्थ्य उपचार, उचित खानपान र स–सम्मान बाँच्न पाउने हकको सुनिश्चितता हुनुपर्ने बताए।
पछिल्लो समय बढ्दो सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी र पारिवारिक असमझदारीका कारण ज्येष्ठ नागरिकहरूले अपहेलित हुनुपरेकोमा उनले चिन्ता व्यक्त गरे।
उनले मनमोहन अधिकारीलाई दक्षिण एशियाकै प्रथम निर्वाचित वामपन्थी प्रधानमन्त्री तथा सरल र सादगी नेताका रूपमा चित्रण गरे।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार












प्रतिक्रिया