काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रको मृगस्थली जंगल क्षेत्रमा दुईवटा शंकास्पद बम फेला परेपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन्।
जंगल क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको बम जस्तो वस्तु देखेपछि एक युवकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र बम डिस्पोजल टोली घटनास्थल पुगेर उक्त वस्तुको निरीक्षण तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाएको जनाइएको छ।
घटनापछि आसपासको क्षेत्रमा सुरक्षा घेरा कडा बनाइएको छ भने सर्वसाधारणलाई अनावश्यक रूपमा उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ। बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
घटनाले राजधानीको संवेदनशील धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षामाथि प्रश्न उठाएको छ। सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी थप कडा बनाएको बताएका छन्।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया