काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीको छानबिनमा सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले क्यानसँग अन्तिम स्पष्टीकरण माग गरेको हो।

advertisement

मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाउँदै क्यानविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार मन्त्रालय र परिषद्लाई उपलब्ध गराउनुपर्ने लेखा तथा श्रेस्ता सम्बन्धी कागजात क्यानले नबुझाएको आरोप लगाइएको छ।

अख्तियारले २०८१ मङ्सिर र फागुनमा पटक–पटक पत्राचार गर्दा पनि क्यानले विवरण नबुझाएकाले छानबिन प्रक्रिया प्रभावित भएको मन्त्रालयको ठहर छ।

त्यसपछि मन्त्रीस्तरीय निर्णय गर्दै क्यानलाई ‘अन्तिम चेतावनी’ सहित स्पष्टीकरण सोधिएको हो।

ऐनको दफा २९ अनुसार क्यानलाई किन कारबाही नगर्ने र किन निलम्बन नगर्ने भन्ने विषयमा जवाफ माग गरिएको मन्त्रालयले जनाएको छ।

माग गरिएका कागजात र सन्तोषजनक स्पष्टीकरण नआए क्यानलाई निलम्बनसम्म गर्ने तयारी रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com