काठमाडाैं । श्रम संस्कृति पार्टी ले कोशी प्रदेश को भावी मुख्यमन्त्रीका रूपमा सुदन किराँती लाई अघि सार्ने संकेत दिएको छ ।

पार्टी अध्यक्ष हर्क साम्पाङ ले सामाजिक सञ्जालमार्फत सुदन किराँती लाई प्रदेश नेतृत्वको जिम्मेवारी दिनेबारे सार्वजनिक राय माग्दै जनमत संकलन थालेका छन् । केही दिनअघि मात्रै पार्टीमा औपचारिक रूपमा आबद्ध भएका किराँतीलाई सम्भावित मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिएको हो ।

advertisement

साम्पाङले आफ्नो पोस्टमार्फत कोशी प्रदेशको नेतृत्वमा किराँतीलाई अघि बढाउने प्रस्तावबारे नागरिकको धारणा मागेका छन् । यसलाई पार्टीभित्र नेतृत्व परिवर्तनको तयारी वा परीक्षणका रूपमा पनि हेरिएको छ ।

यसअघि नै किराँतीको पार्टी प्रवेशसँगै उनलाई मुख्यमन्त्रीको दाबेदार बनाउने समझदारी भएको चर्चा राजनीतिक वृत्तमा चलेको थियो । तर पार्टीले यस विषयमा अझै औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com