काठमाडौँ । हर्क साम्पाङ ले प्रधानमन्त्रीको कार्यशैली र सरकारका पछिल्ला कदम लोकतन्त्रविपरीत रहेको भन्दै राजीनामा माग गरेका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले २३ बुँदागत कारण प्रस्तुत गर्दै सीमा सुरक्षामा कमजोरी, नेपाली सेनाको दुरुपयोग र अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिमाथि प्रश्न उठाए।
साम्पाङले संसद् छलेर अध्यादेश ल्याउनु लोकतन्त्रविरोधी कदम भएको बताए।
उनले चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषयलाई पनि विवादास्पद भन्दै सरकार विधिभन्दा बाहिर गएको आरोप लगाए।
आफू सत्यको पक्षमा बोलिरहने र जनताका मुद्दा उठाउन नहट्ने उनले बताएका छन्।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया