काठमाडौं । रूपन्देहीमा सार्वजनिक शान्ति सुव्यवस्था भंग गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानमा ‘स्वीप अपरेसन’ सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट मोडिफाई गरिएका मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका–८ बाँसगढीका बिपिन परियार, सम्मरीमाई गाउँपालिका–६ नगौलियाका कृष्ण गुप्ता, कुसदेव यादव र पवन गुप्ता रहेका छन्। साथै भारतको महाराजगञ्ज जिल्ला नवतुना अड्डाबजारका भारतीय नागरिक सुदिप कुर्मी पनि पक्राउ परेका छन्।
यस्तै, सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडाबाट दिलिप कुर्मी, रोजन बोहोरा क्षेत्री, विजय राजभर, प्रतियुष बस्याल र सुमिद्र राणालाई नियन्त्रणमा लिइएको छ। मायादेवी गाउँपालिका–८ का आयुथ पौडेल पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया