काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकमसँग जोडिएको करिब ३० अर्ब रुपैयाँ घोटालाबारे आफूलाई जोडेर आएका समाचारप्रति कडा आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूविरुद्ध “निराधार आरोप” लगाइएको भन्दै खण्डन गरे।

advertisement

खरेलका अनुसार उनले हालै स्विट्जरल्यान्ड भ्रमण गरे पनि त्यो सबै प्रक्रिया अनुसार जानकारी दिएर गरिएको यात्रा हो।

“म स्विट्जरल्यान्डको भ्रमण सकेर आएको हुँ। सभापतिलाई लिखित जानकारी दिएर गएको थिएँ।

तर केही सञ्चारमाध्यमले स्मार्ट टेलिकमको ३० अर्ब मिलाउन सुटुक्क गएको भनेर आरोप लगाए,” उनले भने।

खरेलले यदि आफूले उक्त प्रकरणमा कुनै पनि प्रकारको संलग्नता प्रमाणित भए राजनीतिबाटै बाहिरिने घोषणा समेत गरे।

“स्मार्ट टेलिकमको ३० अर्ब ठगीसँग मेरो एउटा पनि बैठक वा संलग्नता प्रमाणित भए म राजनीतिबाट बिदा लिन्छु,” उनको भनाइ थियो।

उनले सम्बन्धित सञ्चारमाध्यमलाई “सी–ग्रेड पत्रकारिता” नगर्न चेतावनी दिँदै यस्तो गलत समाचारले संसद, पार्टी र व्यक्तिगत छविमा गम्भीर क्षति पुगेको दाबी गरे।

साथै उनले प्रेस काउन्सिललाई तत्काल अनुसन्धान र कारबाही गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com