काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङ राईले प्रतिनिधिसभामा बोल्दै लिपुलेकमा भारतले नाका सञ्चालन गरेको विषयमा सरकारको मौनता प्रति गम्भीर प्रश्न उठाएका छन्।

आकस्मिक समयमा बोल्दै उनले नेपालको सीमा मिचिँदा पनि सरकार चुप बसेको भन्दै आपत्ति जनाए।

advertisement

“छिमेकी देशले हाम्रो भूमि प्रयोग गरेर नाका खोल्दा सरकार किन मौन छ?” भन्दै उनले प्रश्न गरे।

राईले सरकारको प्राथमिकता सीमाको सुरक्षा हो कि सुकुमबासी बस्तीबाट गरिब नागरिक हटाउने भन्ने पनि प्रश्न उठाए।

उनले नेपाली सेनालाई सीमा रक्षा होइन, कमजोर नागरिक हटाउने काममा प्रयोग गरिएको हो कि भन्ने आशंका व्यक्त गरे।

उनले सरकारलाई “अभिभावकविहीन” भएको आरोप लगाउँदै संवैधानिक मर्यादा र जनताको हितमा काम गर्न असफल भएको टिप्पणी गरे।

साथै प्रधानमन्त्री सुकुमबासी व्यवस्थापनका लागि बनाइएका होल्डिङ सेन्टरमा पुगेका छन् कि केवल कार्यालयमै सीमित छन् भन्ने प्रश्न गर्दै उनले सरकारको कार्यशैलीप्रति व्यंग्य पनि गरे।

संवैधानिक परिषद्को निर्णय प्रक्रियामाथि समेत प्रश्न उठाउँदै उनले गणितीय सामान्य ज्ञानसम्म नबुझिएको जस्तो निर्णय गरिएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com