काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध दायर गरिएको गाली बेइज्जतीसम्बन्धी रिट जिल्ला अदालत काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ।

अदालत प्रशासनले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता विकल राई ले पेश गरेको निवेदन दरपीठ गरिदिएको हो।

advertisement

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूलाई ‘स्लिपर सेल’ भनेर सम्बोधन गरेको विषयलाई लिएर राई अदालत पुगेका थिए।

उक्त अभिव्यक्तिले विद्यार्थी समुदायको मानमर्दन गरेको दाबी गर्दै उनले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गाली बेइज्जतीसम्बन्धी कानुनी कारबाहीको माग गरेका थिए।

राईले जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट आएको यस्तो टिप्पणीले युवा तथा विद्यार्थीमाथि अपमानजनक सन्देश गएको जिकिर गरेका छन्।

“प्रधानमन्त्रीबाटै विद्यार्थीलाई लक्षित गर्दै प्रयोग गरिएको शब्दले सम्पूर्ण विद्यार्थी समुदायको गरिमा घटाएको छ,” भन्दै उनले कानुनी उपचार खोजिएको बताएका छन्।

अदालत प्रशासनले भने निवेदन दर्ता गर्न नमिल्ने ठहर गर्दै प्रारम्भिक चरणमै दरपीठ गरेको हो।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com