काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद जगदीश खरेल ले आफूलाई स्मार्ट टेलिकम को ३० अर्ब रुपैयाँ ठगी प्रकरणसँग जोडेर प्रकाशित समाचारप्रति कडा आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै खरेलले उक्त समाचारहरू भ्रामक, तथ्यहीन र निराधार भएको दाबी गरे । उनले स्मार्ट टेलिकम प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै यस विषयमा कुनै बैठक, फाइल पारित वा सम्बन्धित निकायसँग छलफलसमेत नगरेको बताए ।

advertisement

खरेलले आफू स्वीट्जरल्याण्ड भागेको भन्ने समाचारले आफ्नो मान–सम्मान, राजनीतिक जीवन र संसद्कै गरिमामा आघात पुगेको टिप्पणी गरे । उनले संसद्को रेकर्डमा रहने गरी समाचारप्रति खेद र भर्त्सना व्यक्त गरे ।

उनले समाचार प्रकाशन गर्ने पक्षलाई खुला चुनौती दिँदै यदि स्मार्ट टेलिकम प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीतिबाट सधैंका लागि बिदा लिन तयार रहेको घोषणा गरे । साथै आरोप पुष्टि गर्न नसके भ्रामक समाचार प्रकाशन गर्नेहरूले पनि जिम्मेवारी लिनुपर्ने बताए ।

सांसद खरेलले तथ्यहीन समाचारले व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्ने भन्दै पत्रकारिताको विश्वसनीयतामाथि समेत प्रश्न उठाए । उनले आफूविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको आरोपसमेत लगाएका छन् ।

उनको अभिव्यक्तिपछि संसद् र राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ भने सामाजिक सञ्जालमा पनि उनको चुनौतीपूर्ण भनाइ व्यापक रूपमा चर्चामा आएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com