काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री जगदीश खरेलले आफ्नो विरुद्ध भ्रामक र आधारहीन समाचार प्रकाशन भएको भन्दै ‘राजधानी दैनिक’ र केही सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन् ।

उनले सोमबार प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरी साइबर ब्यूरो मा छुट्टाछुट्टै उजुरी दर्ता गराउँदै आफूविरुद्ध फैलाइएका समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।

advertisement

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद खरेलले समाचारलाई झुटो र कपोलकल्पित भन्दै त्यसले आफ्नो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर क्षति पुगेको उल्लेख गरेका छन् । साथै उनले सम्बन्धित सञ्चारमाध्यमले औपचारिक रूपमा माफी माग्नुपर्ने र आफ्नो खण्डनलाई समान प्राथमिकताका साथ प्रकाशित गर्नुपर्ने माग गरेका छन् ।

जगदीश खरेलले न्याय प्रणालीप्रति पूर्ण विश्वास व्यक्त गर्दै मिडियाको नाममा हुने गैरजिम्मेवार गतिविधिले व्यावसायिक पत्रकारिताको साखमा नकारात्मक असर पार्ने टिप्पणी गरेका छन् ।

स्वयं पनि पत्रकारिताको पृष्ठभूमिबाट आएको स्मरण गराउँदै उनले पत्रकारिताको मर्यादा र विश्वसनीयता जोगाउन कानुनी कदम चाल्नुपरेको स्पष्ट पारे । साथै, भ्रामक सूचना फैलाउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई समेत कारबाहीको दायरामा ल्याउन उनले माग गरेका छन् ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com