काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले कर्णाली प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्ने बताएका छन्। सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले तत्कालीन अवस्थामा कांग्रेस–एमालेबिच भएको गठबन्धनको सहमति अनुसार कर्णालीमा अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताए।
यहाँ ०८१ साउनदेखि कांग्रेसको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन्। ‘अब हामीले नेतृत्व गर्ने बेला आएको छ,’ गगनकुमार थापा ले भने।
कांग्रेस प्रदेश कमिटीले पनि यसअघि नै सरकारको नेतृत्व लिनुपर्ने निर्णय गरिसकेको छ । तर संसदीय दलका नेता जीवनबहादुर शाहीले त्यसबारे खासै अग्रसरता देखाएका छैनन्।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया