काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिमा मनोनीत गरेका निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जना र डा. शेखर कोइराला समूहका ७ जना छन् ।
सभापति थापाले सोमबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) अनुसार उक्त मनोनयन गरेका हुन् ।
देउवा पक्षबाट मनोनित हुनेमा महेन्द्र यादव (धनुषा), उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी), राजीव ढुङ्गाना (सुनसरी), नागिना यादव (महोत्तरी), डा. जीवन राना (कैलाली) र सीता थपलिया (उर्मिला) (धादिङ) लगायत रहेका छन् ।
यादव १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता हुन् ।
यस्तै, कोइराला पक्षबाट जीवन परियार (कास्की), सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडू (दार्चुला), डा. चन्द्रकान्त भण्डारी (गुल्मी), राजीव कोइराला (सुनसरी), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान) र दिनेश कोइराला (चितवन) केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
परियार पनि १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता हुन् ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया