काठमाडौं। सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रमको केन्द्रमा संविधान संशोधन लाई प्रमुख एजेन्डा बनाइएको छ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल ले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राजनीतिक दलहरूसँगको संवाद र सहकार्यमार्फत साझा विषय पहिचान गर्दै संविधान संशोधनसम्बन्धी “बहस पत्र” तयार पारिने उल्लेख गरिएको छ।
नीति कार्यक्रममा सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाइने पनि स्पष्ट गरिएको छ।
सरकारले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न संविधान संशोधनलाई बहसको आधारमा अघि बढाउने रणनीति लिएको जनाएको छ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया