काठमाडौं। सरकारले सीमा सुरक्षा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सीमा नाकामा अनुहार पहिचान प्रणाली (फेस रिकग्निसन) जडान गर्ने घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल ले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली लागू गरिने उल्लेख गरिएको छ।

सरकारले सीमा नाकामा स्वचालित निगरानी पूर्वाधार विकास गर्ने, ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गर्ने योजना पनि अघि सारेको छ।

यी प्रविधिहरूको प्रयोगबाट सीमा सुरक्षा मजबुत बनाउने र अवैध आवागमन तथा गतिविधि रोक्ने सरकारको उद्देश्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com