काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको टिप्पणी गरेका छन्।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा भए पनि कर्मकाण्डी परम्परामा जलप लगाएको जसरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए।

advertisement

सांसद केसीले सरकारले नीति तथा कार्यक्रममा ‘हुनेछ’ र ‘गरिनेछ’ भन्ने शब्दहरू पढ्दा पढ्दा आफूहरु थकित भइसकेकोसमेत बताए।

उनले, ‘झण्डै दुई तिहाइ बहुमतबाट आएको सरकारले मुलुकलाई नयाँ दिशानिर्देश गर्छ कि भन्ने जुन आशा आम जनतामा थियो, हामीले पनि त्यस्तो केही आउँछ कि भनेर सोचेका थियौँ। तर मैले हेर्दाखेरी कर्मकाण्डी नीति तथा कार्यक्रममा केही जलप लगाएर, रंगरोगन गरेर आएकोजस्तो देखिन्छ।’

प्रतिबद्धता दोहोर्‍याउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोरिए जनतामा चरम निराशा बढाउने उनको भनाइ छ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com