काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को बचाउ गर्दै सामाजिक सञ्जालमा लेखेको स्टाटस केही मिनेटमै डिलिट गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै बेला प्रधानमन्त्री शाह बैठक कक्षबाट बाहिरिएका थिए। आफ्नै सरकारको महत्वपूर्ण कार्यक्रम प्रस्तुति भइरहेका समयमा प्रधानमन्त्री बाहिरिएपछि घटनाले राजनीतिक वृत्तमा चर्चा र आलोचना दुवै जन्माएको थियो।

advertisement

प्रधानमन्त्रीको उक्त कदमलाई लिएर चौतर्फी प्रश्न उठ्न थालेपछि राजनीतिक सल्लाहकार शाहले फेसबुकमार्फत स्पष्टीकरण दिएका थिए। उनले प्रधानमन्त्रीलाई स्वास्थ्यमा असहजता देखिएकाले केही समयका लागि विश्राम लिनुपरेको र त्यसपछि पुनः कार्यक्रममा सहभागी भएको बताएका थिए।

उनले लेखेका थिए, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनुभएको थियो, त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।’

तर, उक्त स्पष्टीकरण सार्वजनिक गरेको केही मिनेटमै शाहले स्टाटस हटाएका हुन्।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com