काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (मंगलबार) पहिलो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ।

घरेलु टोली नेपाल स्कटल्यान्डलाई पराजित गर्दै शृंखलामा सुखद सुरुआत गर्ने लक्ष्यमा छ। यता, स्कटल्यान्ड पनि जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा रहेको छ।

advertisement

नेपालले गत साता मात्रै ओमान र यूएईविरुद्धको शृंखलामा तीन जित हासिल गरेको थियो, जसले टोलीको मनोबल थप उच्च बनाएको छ।

विश्वकप लिग–२ अन्तर्गत नेपालले अब अमेरिका र स्कटल्यान्डसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन संघर्षरत नेपालका लागि घरेलु मैदानमा हुने यी चार खेल निकै महत्वपूर्ण मानिएका छन्।

हाल लिग–२ को अंक तालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड २८ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेपाल भने २४ खेलबाट १८ अंक जोड्दै सातौं स्थानमा छ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com