काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै, मंगलबार छापावाला सुन ३ लाख २९०० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार उक्त सुन २ लाख ९८५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया