काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिमा हालै गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।

उनले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधानवाद र लोकतन्त्र कमजोर पार्ने प्रवृत्ति बढिरहेको बताएका छन् । जनआकर्षणको नाममा (पपुलिज्म) पार्टीका आदर्श, मूल्य र सिद्धान्तमाथि निरन्तर प्रहार भइरहँदा समेत पार्टीभित्र गुट–उपगुटमा विभाजन हुनु गम्भीर र चिन्ताजनक अवस्था भएको उनको भनाइ छ ।

advertisement

डा. शेखर कोइरालाले यस्तो प्रवृत्तिको छिटो अन्त्य हुनुपर्नेमा जोड दिँदै त्यसो भए मात्र नेपालको लोकतान्त्रिक प्रणालीले आफ्नो मौलिक चरित्र पुनः स्थापित गर्न सक्ने उल्लेख गरेका छन् ।

उनका अनुसार कांग्रेससँग आबद्ध हजारौँ युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य तथा राष्ट्र निर्माणमा उनीहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्न भावनात्मक एकता अपरिहार्य रहेको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com