काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले जेनजी आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध अहिलेसम्म मुद्दा दायर नगरिएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले उक्त प्रकरणमा ढिलाइ हुनु गम्भीर विषय भएको उल्लेख गरे ।

advertisement

सांसद रमेश प्रसाईंले  सहिदप्रतिको सम्मान केवल औपचारिक भाषणमा सीमित नभई राज्यको व्यवहारमार्फत देखिनुपर्ने बताए । जेनजी आन्दोलनमा भएको नरसंहारका आरोपित भनिएका तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध किन अहिलेसम्म मुद्दा अघि बढ्न सकेन भन्ने प्रश्न गर्दै उनले प्रमाण अभाव हो वा प्राथमिकताको कमी भन्ने स्पष्ट पार्न सरकारसँग माग गरे ।

उनले विगतका आन्दोलनसँग सम्बन्धित विभिन्न छानबिन आयोगहरूको प्रतिवेदन कार्यान्वयन नभएको विषय पनि उठाए । मल्लिक आयोग र रायमाझी आयोगका प्रतिवेदनहरू कार्यान्वयनबिनै थन्किएको तथा लाल आयोगको प्रतिवेदनसमेत बेवास्ता गरिएको भन्दै उनले यसले सहिदहरूमाथि अन्याय भएको धारणा व्यक्त गरे ।

प्रसाईंले पुरानै प्रवृत्ति दोहोरिएर परिणाम शून्य हुने अवस्था दोहोरिन नदिन सरकार सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com