काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई “महत्त्वाकाङ्क्षी र अराजक जमातहरूको गठजोड ” भएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका हुन्।

advertisement

थापाले संसद्को अधिवेशन स्थगित गरेर एकपछि अर्को अध्यादेश ल्याइनुलाई प्रशासन र न्याय प्रणालीमा एकल प्रभुत्व कायम गर्ने प्रयासका रूपमा व्याख्या गरे।

उनले सरकारको नीति तथा नेतृत्वमाथि टिप्पणी गर्दै रास्वपाको उदयलाई विगतका सत्ताधारी दलहरूको कमजोरी, प्रविधिको प्रभाव र अन्तर्राष्ट्रिय भू–राजनीतिक परिस्थितिसँग जोडेर हेर्नुपर्ने बताए।

थापाले वैशाख २८ गते सार्वजनिक गरिएको सरकारको सय बुँदे नीति तथा कार्यक्रमलाई आगामी निर्वाचनको रणनीतिसँग समेत जोडेर टिप्पणी गरे।

उनका अनुसार रास्वपाले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहसम्म आफ्नो एकल प्रभाव विस्तार गर्ने लक्ष्यका साथ राजनीतिक गतिविधि अघि बढाइरहेको छ।

एमाले नेताले वर्तमान राजनीतिक प्रवृत्तिले लोकतान्त्रिक प्रणाली, संसद् र संस्थागत सन्तुलनमाथि असर पार्न सक्ने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com