काठमाडौँ। नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखा का अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै हिमाली र पहाडी भूभागमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेससहित अन्य हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। केही उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने जनाइएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेश का पहाडी तथा तराई जिल्लाका केही स्थानमा हुरीबतास, असिना, मेघगर्जन र चट्याङको जोखिम रहेको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। रातिको समयमा पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com