काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको सचिव पदका लागि प्रकाश अधिकारीको नाम सिफारिस गरेका छन्। हाल कार्यरत हर्कराज राईलाई पदबाट हटाउँदै अधिकारीलाई उक्त जिम्मेवारीमा ल्याउने प्रक्रिया अघि बढाइएको हो।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) अनुसार प्रतिनिधिसभाको सचिव नियुक्ति सभामुखको सिफारिसमा रामचन्द्र पौडेलबाट हुने व्यवस्था छ। सोही संवैधानिक प्रावधानअनुसार अधिकारीको नाम राष्ट्रपतिसमक्ष पठाइएको हो।

advertisement

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ निवासी अधिकारी शैक्षिक तथा प्रशासनिक अनुभवका दृष्टिले सक्षम मानिन्छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन् भने दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा समेत उच्च शिक्षा हासिल गरेका छन्।

निजामती सेवामा २४ वर्ष लामो अनुभव बोकेका अधिकारी उपसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन्।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवा सर्त र सुविधासम्बन्धी ऐन, २०७५ अनुसार विशिष्ट श्रेणी सरहको सुविधा पाउने गरी उनलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरिएको हो।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com