काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुको उद्देश्य मनोरञ्जन नभई जनप्रतिनिधिहरूका प्रश्नहरूको जवाफ दिनु भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीको भूमिकामाथि टिप्पणी गरेका हुन्।
उनले भने, ‘प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन वा र्याप प्रस्तुत गर्न बोलाइएको होइन, उहाँलाई त्यहाँ उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिन बोलाइएको हो।’
साथै, उनले विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा अनुपस्थित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नै बैठक अवरुद्ध गरेको प्रसंगसमेत स्मरण गराए।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया