काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुको उद्देश्य मनोरञ्जन नभई जनप्रतिनिधिहरूका प्रश्नहरूको जवाफ दिनु भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीको भूमिकामाथि टिप्पणी गरेका हुन्।

उनले भने, ‘प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन वा र्‍याप प्रस्तुत गर्न बोलाइएको होइन, उहाँलाई त्यहाँ उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिन बोलाइएको हो।’

साथै, उनले विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा अनुपस्थित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नै बैठक अवरुद्ध गरेको प्रसंगसमेत स्मरण गराए।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com