काठमाडौँ । बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ३६५ जना चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा २१ लाख ७७ हजार ५०४ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २५८, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १५६ तथा तीव्र गतिमा सवारी चलाउने १७४ जना कारबाहीमा परेका हुन् ।
त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा पार्किङ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने १६३ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार १२१ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया