काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ले शनिबारका लागि पार्टी सचिवालय बैठक बोलाएका छन्।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि एमाले सचिवालयको यो पहिलो औपचारिक बैठक हुन लागेको हो।

advertisement

निर्वाचनमा अपेक्षाअनुसार नतिजा हासिल गर्न नसकेपछि पार्टीभित्र नेतृत्वमाथि दबाब बढिरहेको चर्चा भइरहेका बेला अध्यक्ष ओलीले लामो समयसम्म सचिवालय बैठक नबोलाएको भन्दै असन्तुष्टि देखिँदै आएको थियो।

पार्टीभित्र चुनावी परिणामको औपचारिक समीक्षा हुन नसकेको विषयमा नेताहरूले चासो व्यक्त गर्दै आएका थिए।

यसैबीच, गत वैशाख २५ गते एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ले गुण्डुस्थित निवासमा पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका थिए। त्यसपछि सचिवालय बैठक आह्वान गरिएको हो।

पार्टीका नेताहरूका अनुसार बैठकमा निर्वाचनको समीक्षा, संगठनात्मक पुनरावलोकन, पार्टी सुदृढीकरण तथा आगामी रणनीतिबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ।

साथै नेतृत्वको भूमिका र पार्टी सञ्चालनको शैलीबारे पनि बैठकले महत्वपूर्ण दिशा तय गर्न सक्ने बताइएको छ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com