काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएमा विपक्षीहरूको विरोध जारी रहने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सचेतक राईले प्रधानमन्त्री शाह प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम गरिरहेको बताए ।
‘प्रधानमन्त्रीज्यूले प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम कतै प्रधानमन्त्रीले गर्नु भएको छ छैन,’ सांसद राईले भने, ‘प्रधानमन्त्री भए अनुपस्थित भए विरोध जारी रहन्छ ।’
संसद् मन लागे आउने मन नलागे नआउने चिया चौतारी नभएको उनले बताए । कार्यकारी प्रमुखले सदन जस्तो संस्थालाई बंक गर्नु दुःखलाग्दो कुरा भएको बताए ।
देशभित्र रहनु भएको र संसद् भवनबाट १०० मिटरको दूरीको कार्यक्रम नआउनुलाई के भन्ने भन्ने प्रश्न राईको थियो ।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया