काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहिन यशोधा फुड्स प्रालि द्वारा उत्पादित दुई ब्रान्डका चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागका अनुसार १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ मा सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको पुष्टि भएपछि उक्त उत्पादन फिर्ता गर्न निर्देशन दिएको हो।
विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य पदार्थमा गुणस्तरहीन सामग्री फेला परेपछि बजार अनुगमनलाई थप कडाइ गरिएको जनाएको छ ।
साथै, सम्बन्धित उत्पादक कम्पनीलाई आवश्यक सुधार गर्न तथा मापदण्ड विपरीत रहेका उत्पादन तत्काल बजारबाट हटाउन निर्देशन दिइएको छ ।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया