काठमाडौं । राजधानीको चोभार क्षेत्रमा प्रहरीले चलाएको गोलीबाट एक जना घाइते भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको हो।

कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार गोली लागेर सुजन शाही घाइते भएका छन्। शाही केही दिनअघि कीर्तिपुरमा भएको हत्याकाण्डका मुख्य आरोपित रहेको प्रहरीले जनाएको छ।

advertisement

घाइते शाहीलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको छ।

उक्त घटनाअनुसार, कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मीको धुर्कोट गाउँपालिका निवासी विपिन घिमिरेको हत्या भएको थियो। गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा मृत्यु भएको थियो।

सोही हत्याकाण्डमा संलग्न रहेका व्यक्तिहरूको खोजी गर्दै आएको प्रहरीले आज शाहीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त घटनामा तीन जनाको संलग्नता रहेको बताइएको छ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com