काठमाडौ‌‌  । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन्।

advertisement

प्रतिवेदन बुझ्दै राष्ट्रपति रामचन्द्र पौडेल ले मुलुकमा लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताए।

उनले भने, ‘बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।’ अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम गर्न सके मात्र मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने उनले विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई अझ बढी जवाफदेहीताबोध गराउने धारणा राखे। सरकारी खर्चको बढ्दो बेरुजु कम गर्दै आर्थिक अनुशासन कायम राख्ने कार्यमा महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे।

आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ महालेखापरीक्षकको कार्यालय अझ बढी क्रियाशील हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com