काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि जापानका राजदूत माइदा तोरु बीच शिष्टाचार भेटवार्ता भएको छ।

सभामुखको सचिवालयका अनुसार भेटमा नेपाल–जापानबीच कायम दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग तथा द्विपक्षीय हितसँग सम्बन्धित विविध विषयमा सार्थक छलफल भएको थियो।

advertisement

उक्त अवसरमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्धलाई अझ मजबुत, घनिष्ठ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको पूर्वाधार विकास, शिक्षा र प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com