काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि जापानका राजदूत माइदा तोरु बीच शिष्टाचार भेटवार्ता भएको छ।
सभामुखको सचिवालयका अनुसार भेटमा नेपाल–जापानबीच कायम दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग तथा द्विपक्षीय हितसँग सम्बन्धित विविध विषयमा सार्थक छलफल भएको थियो।
उक्त अवसरमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्धलाई अझ मजबुत, घनिष्ठ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको पूर्वाधार विकास, शिक्षा र प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरे।
त्यसैगरी, राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए।
प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया